नेपाली कांग्रेस बारा–४ क्षेत्रीय भेलाले प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस, एकताबद्ध समर्थनको प्रतिबद्धता

नेपाली कांग्रेस बारा–४ क्षेत्रीय भेलाले प्रतिनिधि सभा निर्वाचनका लागि नाम सिफारिस, एकताबद्ध समर्थनको प्रतिबद्धता
मनोज शाह जितपुर बारा मंसिर २४ गते:

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ०४ को क्षेत्रीय कार्यसमिति तथा नेता–कार्यकर्ताहरूको बृहत् भेलाले विभिन्न नेताहरूको नाम सिफारिस गरेको छ। पार्टीले सिफारिस सूचीकामा रहेका मध्ये जसलाई पनि उम्मेदवारी जिम्मेवारी प्रदान गरे पनि सबै आकाङ्क्षीहरू पूर्ण समर्पणका साथ पार्टी उम्मेदवारलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भेला सम्पन्न भएको छ।

भेलाले श्याम बाबू गुप्ता, बृजलाल यादव, कृस्णब्रत सिंह, नवराज त्रिपाठी, दिपेन्द्र पटेल, सोभाकर पराजुली र राजकिसोर गुप्ता लगायतका नेताहरूको नाम सिफारिस गरेको युवा नेता शेखर भण्डारीले बताए।

कार्यक्रम नेपाली कांग्रेस बारा–४ का क्षेत्रीय अध्यक्ष सुनिल कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।