फेटा–बिश्रामपुर जोड्ने सडक निर्माण स्थलगत अनुगमन मा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल

फेटा–बिश्रामपुर जोड्ने सडक निर्माण स्थलगत अनुगमन मा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल

मनोज साह जितपुर मंसिर २४ गते:

बाराको फेटा गाउँपालिका–१ भलुहीदेखि बतरा हुँदै बिश्रामपुर गाउँपालिकाको बरैनिया जोड्ने सडक कालोपत्र तथा ढलान कार्य अन्तर्गत पर्ने बतरा गाउँको मुख्य सडक निर्माणाधीन अवस्थामा रहेको सडकको आज स्थलगत अनुगमन गरिएको छ।

पूर्व मुख्यमन्त्री तथा प्रदेश २ का नेता माननीय जितेन्द्र सोनलले निर्माणाधीन सडकको प्रगति बुझ्दै स्थानीय भद्रभलादमी तथा सर्वसाधारणसँग भेटघाट गरेका छन्। अनुगमनका क्रममा उहाँले समयसीमा भित्र गुणस्तरीय सडक निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्।

स्थानियवासीहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको उक्त सडक निर्माणले यातायात सहज हुने, व्यापार विस्तारमा सहयोग पुग्ने र स्थानीय विकासमा गति आउने आशा व्यक्त गरेका छन्।

सोनलले स्थानीय जनताका समस्या, गुनासा तथा सुझाव सुन्दै विकासका कामलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएका छन्।