बिहानै लाइन, सेवा ग्राही दुःखमा; राष्ट्रिय परिचयपत्र केन्द्रमा अव्यवस्थाप्रति स्थानीय सरकारको ध्यानाकर्षण
स्पर्श खबर जितपुर बारा मंसिर २४ गते:
राष्ट्रिय परिचयपत्र बनाउन बिहान ५ बजेदेखि लाइनमा बसेका सेवा ग्राहीहरु कडाको जाडोमा कठ्यांग्रिँदै लामो समयसम्म प्रतीक्षारत भएका छन्। टाढाटाढाबाट आएका नागरिकको भीड इलाका प्रशासन कार्यालय सिमरामा अत्यधिक देखिएको छ तर व्यवस्थापन भने कमजोर रहेको उनीहरूको गुनासो छ।
सेवा ग्राही राजु रायका अनुसार, “हामी बिहानैदेखि लाइनमा बसेका छौं, तर उचित व्यवस्थापन भएको छैन। हाकिमहरू चाहिँ कोठामै हुनुहुन्छ, उपभोक्ताहरू भने बाहिर सडकमै उभिएर हैरान छन्। छिटोभन्दा छिटो व्यवस्था मिलाओस्, केही नहोस् भने कम्तीमा बाहिर जस्ता तानिदिए पनि पुग्थ्यो,” उनले बताए।
जाडो मौसमसँगै नागरिकहरु ज्यान जोखिममा राखेर सेवा पर्खिएपछि स्थानीय सरकारको ध्यानाकर्षण तर्फ जोडिएको छ। सेवा सहज र व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले चाँडै कदम चाल्नुपर्ने सेवाग्राहीहरूको माग छ।


