भारतीय गाडीको स्वतन्त्र आवागमनले राष्ट्रिय रोजगारीमा प्रभाव, २०४२ सालको नीति सम्झनु पर्ने माग
स्पर्श खबर जितपुर बारा मंसिर २० गते।
तत्कालीन राजा वीरेन्द्रको पालामा २०४२ सालमा नेपाल भारत सीमा नीतिमा कडाई गरिएको थियो। सो समयमा भारतीय नम्बरका गाडीहरू नेपालका भन्सार नाकामै रोकिन्थ्यो। र भान्सार क्षेत्रभित्रै सामान अनलोड लोड गर्ने व्यवस्था थियो त्यसका कारण नेपालभित्र रोजगारीद्नी व्यवसाय र स्थानीय गाडी धनीहरूको व्यापार सुरक्षित रहन्थ्यो। तर हालको अवस्थाले त्यसको पूर्ण विपरीत चित्र देखिएको स्थानीय ढुवानी व्यवसायी सागर श्रेष्ठले गुनासो छ। अहिले भारतीय नम्बरका गाडीहरू भन्सार पार गरेपछि नेपालभरि निर्बाध रुपमा घुम्ने सामान ढुवानी गर्ने र स्थानीय बजारसम्म पहुँच बनाउने गरेका छन्। जसका कारण नेपाली गाडी व्यवसाय कमजोर बन्दै गएको र हजारौं युवा बेरोजगार बन्न पुगेको स्थानीय व्यवसायी श्रेष्ठको आरोप छ। ढुवानी व्यवसायीहरूका अनुसार पहिले भन्सारमै लोड अनलोड हुन्थ्यो। काम नेपालीले पाउँथ्यो। अहिले भने भारतबाट आएको गाडीले नै नेपालभरि सामान पुर्याउँछ । यसले हाम्रो व्यवसाय नै धराशायी बनाएको छ। यता स्थानीय युवाहरूले समेत सरकारसँग सीमा नीतिमा पुनअवलोकन गर्न माग गरेका छन्। उनीहरूका अनुसार नेपालमा बेरोजगारी बढ्दै जानुमा सीमा नीतिको कमजोरी हुनु पनि एक प्रमुख कारण हो। व्यवसायीहरूले २०४२ सालको मोडेललाई आजको परिस्थितिमा लागू गर्न सकिने बताउँदै नेपालभित्र ढुवानी सेवा नेपाली गाडीलाई प्राथमिकता दिनुपर्ने भारतीय गाडीलाई सिमित क्षेत्रभित्र मात्रै अनुमति दिनुपर्ने र स्वदेशी रोजगारी सुरक्षित गर्ने प्रकारका कानुन कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन्
भारतीय गाडीको स्वतन्त्र आवागमनले राष्ट्रिय रोजगारीमा प्रभाव, २०४२ सालको नीति सम्झनु पर्ने माग


