गौतम बुद्ध आधारभूतको भवन भत्काएर सामगरी बेपत्ता पारियो। दोषीमाथि कारवाही गर्न माग
स्पर्श खबर जितपुर बारा २० गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित गौतम बुद्ध आधारभूत विद्यालयको भवन रातारात भत्काएर सामग्री गायब पारिएको छ। करिब १५ वर्षअघि निर्माण भएको सो विद्यालयको दुईवटा ट्रस्ट भवन भत्काइएको हो। स्थानीयका अनुसार विद्यालय भवन निर्माण भएको जमिन आफ्नो भएको दाबी गर्दै बकुलिया गाउँका केही व्यक्तिहरूले रातारात भत्काएर इटा जस्ता पत्ता लगायतका सामग्रीहरु गायब पारेका हुन्। रातारात भवन भत्काएको रहेछ एक स्थानीयले भने विद्यालय जस्तो सर्वनिक सम्पत्ति यसरी भत्काएर बेपत्ता पार्नु दुखको कुरा हो। विद्यार्थी अभाव भएपछि सो विद्यालय चार पाँच वर्षदेखि बन्द अवस्थामा थियो। विद्यालय भवन भत्काइएको घटना सार्वजनिक भएपछि स्थानीय आचार्य चकित र आक्रोशित बनेका छन्। गाउँमा त्यही एउटा विद्यालय भवन थियो। स्थानीय जुमिर मियाले भन्नुभयो अहिले बन्द अवस्थामा रहे पनि पछिल्लो पुस्ताका हाम्रा बालबच्चाले पढ्न पाउँथे तर रातारात भत्काएर पारिएपछि अभिभावकहरुमा चिन्ता बढेको छ । विद्यालयको इट्टा जस्ता पत्ता कसले कहाँ लग्यो भनेर पनि डर लाग्छ। अर्का एक स्थानीयले भने बोल्यो भने गाउँकै मानिसले कुटपिट गर्लान् भन्ने डर छ। घटनाबारे जितपुर सिम्रा उपमहानगरपालिका ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले भवन भएको जग्गाको दाबी गर्दै आएका स्थानीय लखनलाल चौधरीको समूहले विद्यालय भवन भत्काएर लगेको खुलासा भएको बताउनुभयो । लखनलाल पहिलो सहमतिमा सो जमिन विद्यालय भवन निर्माणको लागि दान गरेको थिए वडा अध्यक्ष चौधरीले भन्नुभयो । तर अहिले विद्यालय बन्द भएको भन्दै भवन भत्केको बुझिएको छ। लखनलालले दाबी गरे अनुसार उक्त जमिन उनको नाममा नभएको र यदि रहेछ भने पनि यसरी रातारात भवन भत्काउन नमिल्ने वडा अध्यक्ष चौधरीको भनाइ छ । अपराधजन्य कार्य गरिएकोले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी र जितपुर सिम्रा उपमहानगरपालिका कार्यालयमा वडा कार्यालयको तर्फबाट पत्रचार गरिएको पनि उहाँले बताउनुभयो । उता विद्यालयको भवनको संरचना भत्काइएकोमा अभिभावकहरूले विरोध गर्दै कारबाहीको माग गरेका छन्। उनीहरूले बालबालिकाको शिक्षामा ठूलो संकट आउने बताउँदै कसरी किन र कसको निर्देशनमा वन भत्काइयो सो सम्बन्धमा छानबिन गरी दोषीमाथि कराईको माग गरेका हुन् । चारैतिर खोला घेरिएको सो बस्तीमा वर्षायाममा खोलामा बाढी आउँदा बालबालिकालाई गाउँ बाहिरको विद्यालयमा गएर अध्ययन गर्न समस्या व्यहोर्दै आएका छन्।
गौतम बुद्ध आधारभूतको भवन भत्काएर सामगरी बेपत्ता पारियो। दोषीमाथि कारवाही गर्न माग
oplus_0


