मधेशमा मधेसी दलको हैसियत खस्कियो, काम गर्ने बेला काँधमा बोझ, लाभ उठाउने बेला ‘मकै खाने भालु

मधेशमा मधेसी दलको हैसियत खस्कियो, काम गर्ने बेला काँधमा बोझ, लाभ उठाउने बेला ‘मकै खाने भालु

स्पर्श खबर जितपुर बारा मंसिर १९ गते:

मधेशमा मधेसी दलहरू एकपछि अर्को कमजोर हुँदै गएको वर्तमान राजनीतिक स्थितिले देखाएको छ कि जनतामाझ उनीहरूको प्रभाव र विश्वास दुवै घट्दै गएको छ। चुनावी परिणामदेखि लिएर संगठन विस्तारसम्म, कतिपय दलको राजनीतिक हैसियत अब प्रतीकात्मक मात्र जस्तै बनेको विश्लेषकहरूको टिप्पणी छ।

स्थानीय बासिन्दाले भनेको जस्तै, “काम गर्ने बेला कालू, अनि मकै खाने बेला भालु”—मधेशका नागरिकहरूले यसरी आफ्नो मनोदशा व्यक्त गर्न थालेका छन्। जनताको वास्तविक मुद्दा उठाउने, आन्दोलनको अगुवाइ गर्ने र प्रतिरोधमा उभिने बेला मधेसी दलहरू मुख्यमञ्चमा देखिए पनि सत्तासुविधा प्राप्त गर्ने बेलामा तिनै दलहरू चुपचाप सत्तासँग गठजोडमा जान थालेको आरोप मधेशका मतदाताले लगाइरहेका छन्।

गत केही वर्षयता मधेश अधिकार, समाजिक न्याय, नागरिकता, रोजगारी र विकासका एजेन्डा ओझेलमा पर्दै गएको छ। नेताहरूभित्रको आपसी विभाजन, ठूला दलसँगको बारम्बारको समझदारी र सत्ता केन्द्रित राजनीति नै आजको कमजोर हैसियतको मुख्य कारण मानिन्छ।

विश्लेषकहरू भन्छन्—मधेशमा फेरि वैकल्पिक नेतृत्व उदाउने संकेत देखिन थालेको छ। परम्परागत मधेसी दलप्रति जनतामा बढ्दो असन्तुष्टिले अब नयाँ राजनीतिक शक्ति जन्माउने सम्भावना त्यत्तिकै उच्च छ।

मधेशका जनताले अब परिणाममुखी राजनीति खोजिरहेका छन्, वाचा होइन—उनीहरूको यही अपेक्षाले भविष्यको मधेश राजनीति कता मोडिन्छ, केही समयमै स्पष्ट हुनेछ।