बाराका पत्रकार साजिर मन्सुरलाई मातृशोक


बाराका पत्रकार साजिर मन्सुरलाई मातृशोक

स्पर्श खबर जितपुर बारा मंसिर १९ गते:

बाराका पत्रकार तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य समेत रहेका विश्वास एफएमका प्रवन्ध निर्देशक साजिर मन्सुरलाई मातृशोक परेको छ। मन्सुरकी आमा ८५ वर्षीय सनकेशा खातुनको शुक्रबार दिउँसो निधन भएको परिवारले जनाएको छ।

केही समयदेखि दमको समस्याबाट पीडित रहँदै आएकी खातुनको उपचारका क्रममा ज्यान गएको जनाइएको छ। उहाँको अन्त्येष्टी कलैया उपमहानगरपालिका–३ भवानीपुरमा आज साँझ ५ बजे धार्मिक विधिअनुसार सम्पन्न गरिने परिवार स्रोतले जनाएको छ।

परिवारजन, छरछिमेकी र स्थानीय पत्रकारहरूबाट दिवंगत खातुनप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम अघि बढिरहेको छ।