कानु समाजका युवाहरूको विशेष बैठक, ‘कानु यूथ समाज’ १५ सदस्यीय समिति गठन
स्पर्श खबर जितपुर बारा मंसिर १३ गते:
वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज सम्पन्न कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा मनोज कुमार साह सर्वसम्मत रूपमा चयन भएका छन्।
समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष अञ्जन गुप्ता, सचिवमा पत्रकार श्रवण प्रसाद साह, सहसचिवमा शम्भु प्रसाद गुप्ता र कोषाध्यक्षमा विमला कुमारी गुप्ता चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा अनिल कुमार साह, अमर कुमार गुप्ता, दयानन्द प्रसाद गुप्ता, राजकुमार साह, राजन गुप्ता, हरिन्द्र साह कानु, गुड्डीकुमारी साह, अञ्जु साह र लखनलाल गुप्ता रहेका छन्।
बैठक युवा बैंकर सन्तोष कुमार साहको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा अधिवक्ता आत्माराम गुप्ता, सन्तोषकुमार कानु, मनोहर साह, अर्जुन गुप्तालगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्ष मनोज कुमार साहले कानु युवाहरूको एकता, शिक्षा, सीप विकास, रोजगारी सिर्जना र सामाजिक सेवामा समाजले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। “कानु युवाहरूका लागि साझा मञ्च निर्माण गर्दै कसैलाई पनि शिक्षा र अवसरका अभावमा पछाडि पर्न नदिने हाम्रो लक्ष्य हो,” उनले भने।
सभापति सन्तोष कुमार साहले नवगठित समितिलाई बधाई दिँदै युवाहरूमा देखिएको जाँगर र सक्रियता समाज रूपान्तरणतर्फको सकारात्मक संकेत भएको बताए। “यो सुरुआतले कानु समुदायका युवाहरूलाई संगठित गर्दै सामाजिक तथा आर्थिक उत्थानमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,” उनले उल्लेख गरे।
बैठकले ‘कानु यूथ समाज’लाई छिट्टै कानुनी रूपमा दर्ता गर्ने र निकट भविष्यमै वृहत् भेला तथा परिचयात्मक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ।


