कक्षाकोठाको माग गर्दै जितपुरका शिक्षक, विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा कक्षा सञ्चालन
स्पर्श खबर जितपुर बारा मंसिर १३ गते
भन अभावमा समस्या बेर्नु परेपछि जितपुरसिमरा उपमहानगरपालिका जितपुर बजारस्थित श्री फकिरा गिरी राजेशवर गिरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज उपमहानगरपालिकाको कार्यालय गेटमा बसेर पठनपाठन गरेका छन् । उपमहानगरपालिकाको ढिलासुस्तीले विद्यालयको निर्माणधीन भवन लामो समयदेखि अधुरो रहेको र पठनपाठनप्रयोग बन्दै आएपछि विद्यार्थीहरुले सांकेतिक विरोध स्वरूपको महानगरपालिका कार्यालयको बसेर ४५ मिनेट कक्षा गरेका हुन् । विद्यालयका प्रधानाध्यापक राजकुमार सिंहका अनुसार वर्षौंदेखि भवन नबनेपछि विद्यार्थीहरू कष्टकार अवस्थाबाट पढ्न बाध्य छन्। उहाँले भवन निर्माणको लागि दबाब दिने उद्देश्यले सङ्केतिक विरोध स्वरूप नगरपालिका कार्यालयमा आएर अध्ययन अध्यापन गरिएको बताउनुभयो। यदि विद्यालय भवन शीघ्र निर्माणको प्रक्रिया अघि नबढे अब प्रत्येक दिन दुईवटा क्लास नगरपालिकामै आएर सञ्चालन गरिनेछ। प्रअ सिंहले बताउनुभयो। भवन निर्माणको लागि दबाब दिन नगरपालिकाका कार्यालयमा आउनुभएकी विद्यालयकी छात्रा खुशबु गुप्ताले पनि कक्षाकोठा नहुँदा सिकाइमा ठूलो असर परेको बताउनुभयो । हामीसँग वन छैन शिक्षक संख्या पनि कम छ। यही समस्या जानकारी गराउन नगरपालिका कार्यालयमा आएका हौं । उहाँले पनि तत्काल समस्या समाधानको पहल गर्न नगरपालिकासँग माग गर्नुभयो। यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनकुमार गुप्तले विद्यालय र समाजलाई उपमहानगरपालिकाका राजन पौडेलले तहसनहस पार्ने कार्य गरेको आरोप लगाउनुभयो। उहाँले विद्यालयको संरचना निर्माणमा व्यवस्था गर्दै आएको बताउँदै जिम्मेवारी पसले छिटो ध्यान दिनुपर्ने बताउनुभएको छ। विद्यार्थी शिक्षक तथा अभिभावकको उपस्थितिमा नगरपालिकाका कार्यालयमै पठनपाठन गरेर गरिएको संकेतिक विरोध कार्यक्रमले समस्या समाधान गर्न स्थानीय निकायका जनप्रतिनिधिहरूलाई दबाब पुग्ने अभिभागले बताएका छन् ।
कक्षाकोठाको माग गर्दै जितपुरका शिक्षक, विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा कक्षा सञ्चालन
oplus_0


