आइजी ग्लोवर कर्मका मजदुरहरू चार दिनदेखि धर्नामा

oplus_0

आइजी ग्लोवर कर्मका मजदुरहरू चार दिनदेखि धर्नामा
स्पर्श खबर जितपुर बारा मंसिर १२ गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित आइजी ग्लोबल कर्म प्रालिका मजदुरहरू श्रम ऐन अनुसार तलब सुविधाको माग गर्दै विगत चार दिनदेखि धर्नामा बसेका छन् । बिजुली बत्तीको बल्ब उत्पादन गर्ने सो कारखाना व्यवस्थापन कसले श्रमिकहरूलाई श्रम ऐन अनुसार तलब सुविधा नदिएको भन्दै मजदुरहरू कारखानाको मूल गेट अगाडि धर्नामा बसेका छन्। कारखानाका मजदुर देउकली चौधरीका अनुसार त्यहाँ कार्यरत मजदुरहरूलाई श्रम ऐन विपरीत मासिक १० हजार तलबमा काममा लगाउँदै आएको छ। तर श्रम ऐन तथा नेपाल सरकारको नियमअनुसार तलब पाउनुपर्ने मागलाई व्यवस्थापन कसले वेव्यवस्था गर्दै आएकोले मजदुरहरू धर्नामा बस्नुपरेको हो।
यता उद्योगका प्रतिनिधि राहुल कणले भनिन् समस्या समाधानका लागि वार्तामा बस्न आफूहरू तयार रहेको बताउँदै मजदुरहरूलाई काममा फर्किन र शुक्रबार वार्ताको लागि बोलाएको जानकारी दिँदै वार्ताबाट समस्याको समाधान खोज्ने बताउनुभयो ।