केयर भिजनका विद्यार्थीहरूद्वारा स्थानीय क्रियाकलाप अध्ययनको अध्ययन

केयर भिजनका विद्यार्थीहरूद्वारा स्थानीय क्रियाकलाप अध्ययनको अध्ययन
स्पर्श खबर जितपुर बारा मंसिर १२ गते
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर स्थित रहेको केयरभिजन स्कुलका कक्षा ८ का विद्यार्थीहरूको शैक्षिक भ्रमण तथा स्थानीय क्रियाकलाप अध्ययन कार्यक्रम आज सम्पन्न भएको छ । ज्ञानको खोजीमा एक कदम कक्षा बाहिर एक कदम वास्तविकतामा भन्ने नाराका साथ भएको सो शैक्षिक भ्रमण अन्तर्गत विद्यार्थीहरूले स्थानीय सामाजिक विषय विज्ञान वातावरण तथा स्रोत साधनबारे प्रत्यक्ष अनुभव गराइएको थियो। विधाले प्रशासनका अनुसार शैक्षिक भ्रमण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले काछाकोटामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा बुझाउनका लागि स्थानीय समुदाय कृषि क्षेत्र बजार प्रणाली तथा ऐतिहासिक स्थलको अवलोकन गराइएको थियो । शिक्षकहरूले बताएअनुसार यस्तो गतिविधिले विद्यार्थीहरूमा प्रश्न गर्ने अवलोकन गर्ने र व्यवहारिक सीप विकास गर्न सहयोग पुर्‍याउने विश्वास लिएको छ। विद्यार्थीहरूले पनि समुदायसँग प्रत्यक्ष भेटघाट स्थानीय कामकाजको अवलोकन र स्थानीय संसाधनबारे बुझ्न पाएकोमा खुसी व्यक्त गरेका छन्। विद्यालयले आगामी दिनमा अन्य कक्षाका विद्यार्थीकै लागि पनि यस्तै शिक्षक मुलुक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।