नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै, पूर्वमन्त्री पौडेलले सक्षम प्रतिनिधि चयन गर्न कार्यकर्तालाई आह्वान
स्पर्श खबर जितपुर बारा मंसिर ११ गते:
नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि हुँदैछ। महाधिवेशनलाई लक्षित गर्दै मंसिर १३ गते देशभर एकैदिन प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ।
यसैबीच हिजो र आज देशभरका विभिन्न जिल्लामा उम्मेदवारहरूको मनोनयन प्रक्रिया जारी रहँदा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आधारभूत तहका कार्यकर्ताहरूको उचित प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका छन्।
पौडेलले आफ्नो फेसबुकमार्फत लेख्दै, “आधारभूत तहका कार्यकर्ताहरूको सहि प्रतिनिधित्व होस्। लोकतान्त्रिक या सर्वसम्मत जुनसुकै विधिबाट भएपनि सक्षम प्रतिनिधि चुनेर पठाउनुहोस्,” भन्ने अपिल गरेका छन्।
महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र लोकतान्त्रिक अभ्यास, आन्तरिक एकता र योग्य नेतृत्व चयनको आवश्यकता पुनः केन्द्रमा आएको टिप्पणी गरिएको छ।


