आजपाको केन्द्रिय कार्यलयको बैठक काठमाडौंमा सम्पन्न, जेनजीमाथिको दमन बन्द गर्न दबाब

आजपाको केन्द्रिय कार्यलयको बैठक काठमाडौंमा सम्पन्न, जेनजीमाथिको दमन बन्द गर्न दबाब

स्पर्श शाह जितपुर बारा मंसिर ११ गते:

आम जनता पार्टी (आजपा) कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय कार्यालयको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठक पार्टीका राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहको अध्यक्षतामा बसेको हो।

बैठकले जेनजीमाथि भइरहेका दमनात्मक गतिविधि तत्काल बन्द गराउन सरकार तथा सम्बन्धित निकायमा कडा जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ। साथै जेनजी हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गराउन पार्टीले अबद्ध जनआन्दोलनलाई अझ संस्थागत र सशक्त रूपमा अघि बढाउने निर्णय समेत बैठकले गरेको छ।

आजपाको केन्द्रीय नेतृत्वले जारी गरेको निर्णयमा आगामी दिनहरूमा संघर्ष र दबाबका कार्यक्रमलाई क्रमबद्धरूपमा अघि बढाइने उल्लेख गरिएको छ।