बारा क्षेत्र नं–४ मा एमाले अधिवेशन प्रतिनिधि मनोनयन दर्ता सम्पन्न
स्पर्श खबर जितपुर बारा मंसिर १२ गते
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अधिवेशन प्रतिनिधि छनोट निर्वाचन–२०८२ अन्तर्गत बारा क्षेत्र नं–४ मा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। क्षेत्रीय मनोनयन दर्ता कार्यक्रम छातापिप्रामा सम्पन्न भएको हो।
निर्वाचन अधिकृत रफिक अन्सारीका अनुसार क्षेत्र नं–४ मा कुल ४,०३८ जना सदस्य रहेका छन्। सात जना प्रतिनिधि छान्नका लागि खुला, महिला र युवा गरी तीन विभागमा कुल ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्। खुला तर्फ १५ जना, महिला तर्फ ९ जना तथा युवा तर्फ ६ जना उम्मेदवार दर्ता भएका छन्।
निर्वाचन अधिकृत रफिक अन्सारीसँगै सदस्य मनोज कुमार शाह र सीताराम गुप्ता मनोनयन दर्ता प्रक्रियामा संलग्न रहे। मनोनयन दर्ता शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।


