संयोजक उपाध्यद्वारा क्षमायाचना
स्पर्श खबर जितपुर बारा मंसिर ११ गते
जेन्जीका बारा जिल्ला संयोजक सम्राट उपाध्यले मंसिर ३ गते सिम्रामा भएको घटनामा जोडेर आफूहरूको तर्फबाट असम्बन्धित व्यक्तिको नाममा समेत प्रहरीमा जाहिरी दिएकोमा क्षमा याचना गर्नुभएको छ । समाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेखेर उपाध्यले सो घटना स्थानीय एमाले कार्यकर्ता राजकुमार थापाको नाम परेकोमा क्षमा याचना गर्नुभएको हो। घटनामा राजकुमार थापाको कुनै पनि प्रकारको सघनता नभएको स्पष्ट भइसकेको छ। तर गलत सूचना सम्प्रेषणका कारण थापाको व्यक्तिगत छविमा आँच पुगेको महसुस गर्दै जेन्जीबारा परिवारको तर्फबाट पूर्ण रुपमा माफी माग्न चाहन्छौं। उपाध्यायले फेसबुकमा लेख्नुभएको छ साथै उहाँले आगामी दिनमा यस्ता गल्तीहरू नदोहोराउने प्रतिबद्धता पनि जनाउनुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल र युवा नेता महेश बस्नेत सिम्रा विमानस्थल हुँदै बाराको परानपुरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आउने क्रम मा विरोध प्रदर्शनको तयारीमा रहेका जेन्जीहरूलाई युवा सङ्घका कार्यकर्ताहरुले कुटपिट गरेपछि दुवै पक्ष बीच तनाव उत्पन्न भएको थियो । सोही घटनालाई लिएर एमालेका कार्यकर्ता थापासहित १० जनामाथि कारबाहीको माग गर्दै जेन्जीहरूले प्रहरीमा जाहेरी दिएका थिए। यसै बीच घटनामा सलगन्त भएका आरोपमा जितपुर सिम्रा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित दुई जना वडा अध्यक्ष सहित पक्राउ परेका सबैले आज जिल्ला प्रशासन कार्यालय बाराले ५००० हजार धरौटी लिएर रिया गरेको छ
संयोजक उपाध्यद्वारा क्षमायाचना


