विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण
स्पर्श खबर जितपुर बारा मंसिर ११ गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित रहेको श्री विक्रम आधारभूत विद्यालयमा आज एक विशेष कार्यक्रम बीच विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। सो अवसरमा विद्यार्थीहरूलाई पाइन्ट सर्ट जुत्ता र मजासहितको पोशाक वितरण गरेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको अनुशासन आत्मविश्वास र सिकाई वातावरण सुदित गर्ने उद्देश्यले विधाले पोशाक वितरण गरिएको छ। शिक्षा क्षेत्रका उन्नति र विद्यार्थी मन्त्री वातावरण निर्माणका लागि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने वडाध्यक्ष अन्सारीले बताउनुभएको छ। वडाध्यक्ष रसुल मिया अन्सारीको प्रमुख अतिथिमा सम्पन्न भएको सो कार्यक्रममा समाजसेवी श्री प्रेम कुमार सिंह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश मण्डल स्थानीय अगुवा मोतिलाल विद्यालयका शिक्षक र अभिभावकहरूको उपयुक्त रहेको थियो