स्पर्श खबर जितपुर बारा मंसिर ९ गते:
आजपा निर्वाचन क्षेत्र ४ को क्षेत्रीय कमिटी पदाधिकारी बैठक सम्पन्न — मंसिर २० गते रामपुरमा क्षेत्रीय भेला हुने
आम जनता पार्टी (आजपा) बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय कमिटी पदाधिकारी बैठक भलुहि चौकमा सम्पन्न भएको छ। बैठकले यही मंसिर २० गते परवानिपुर रामपुर चौकमा पार्टीका केन्द्रिय अध्यक्ष माननीय प्रभु साहज्यूको प्रमुख आतिथ्यमा क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको छ।
बैठकमा पार्टी केन्द्रिय कार्यालय सदस्य अशोक लामा, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, पार्टी केन्द्रिय सचिवालय सदस्य रञ्जु साह, केन्द्रिय सदस्य अरुण चौधरी, अरबिन्द साह, मधेश प्रदेश सदस्य मदन साह लगायतका नेताहरूको सक्रिय सहभागिता रहेको थियो।
पार्टी सुदृढीकरण, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यक्रमहरूबारे बैठकले आवश्यक रणनीति तय गरेको छ।


