औधोगीक मजदुरहरू पीडित भएर प्रदर्शन गर्दै
स्पर्श खबर जितपुर बारा मंसिर ९ गते
बाराको सिमरामा अव्यवस्थित जगदम्बा स्टिल त्रिवेणी सिमपेक्स र हुलास स्टिल लगायतका मजदुरहरू आन्दोलनमा उत्रिएका छन्। अखिल नेपाल अधिक मजदुर सङ्घ जिल्ला समिति बाराको अगुवाइमा मजदुरहरूले आज आफ्ना माग पूरा गराउन सिम्रा बजारमा प्रदर्शनपछि इलाका प्रशासन कार्यालय सिम्रामा ज्ञापनपत्र बुझाएका छन्। मजदुरहरूले सरकारले साउन १ गतेदेखि लागू हुनेगरी दीर्घ गरेको न्यूनतम तलब लागू गर्नुपर्ने त्रिवेणी स्पेनिङ मिलमा श्रमिकमाथि भएको कारवाही फिर्ता गरी कारखाना सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने सिम्रा स्थित जगदम्बा स्टिलमा सम्झौता अनुसार बोनस उपलब्ध गराई श्रमिकमाथिको झुठा मुद्दा फिर्ता गर्नुपर्ने प्रतिष्ठान भित्र प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका माग राखेका छन् । त्यसैगरी मजदुरहरूले तलब वृद्धि सामूहिक सम्झौताको कार्यान्वयन नियमित काममा नियमित श्रमिक राख्ने व्यवस्था लागू गर्न माग गरेका छन्। साथै उनीहरूको मधुरहरूमाथि कारखाना व्यवस्थापन पक्षले लगाएको झुठा मुद्दा खारेज निष्कासित मजदुरलाई पूर्णवाली बन्द उद्योग पूर्ण सञ्चालन कार्यान्वयन गर्न तथा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागु गर्न पनि माग गरेका छन् । मजदुरहरूको ध्यानकर्षण पत्र बुझ्दै इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कडेलले मजदुरहरूको समस्याका विषयमा तत्कालै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने बताउनुभएको छ।
औधोगीक मजदुरहरू पीडित भएर प्रदर्शन गर्दै


