अखिल नेपाल पिछडावर्ग (OBC) महासंघको पाँचौँ बैठक : सुनिल कुमार गुप्तालाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी

अखिल नेपाल पिछडावर्ग (OBC) महासंघको पाँचौँ बैठक : सुनिल कुमार गुप्तालाई केन्द्रीय उपाध्यक्षको जिम्मेवारी

स्पर्श खबर जितपुर बारा मंसिर ८ गते:

अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ केन्द्रीय कमिटीको पाँचौँ बैठकले मिति २०८२ मंसिर ५ गते, शुक्रबारका दिन महत्वपूर्ण निर्णय गरेको छ। बैठकले महासंघका केन्द्रीय कमिटी सदस्य तथा सक्रिय सामाजिक अभियन्ता श्री सुनिल कुमार गुप्ता ज्यूलाई सर्वसम्मत रूपमा केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको छ।

बैठकमा सहभागी पदाधिकारी तथा सदस्यहरूले गुप्ताको दीर्घकालीन सक्रियता, नेतृत्व क्षमता, समुदायप्रति समर्पण र संस्थागत विकासमा निरन्तर योगदानको प्रशंसा गर्दै उहाँलाई उच्च तहको नेतृत्व जिम्मेवारीमा चयन गरेका हुन्।

नवनियुक्त केन्द्रीय उपाध्यक्ष गुप्ताले आफूलाई प्रदान गरिएको विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पिछडावर्ग समुदायको हकहित, पहिचान र अधिकार स्थापनाका लागि अझ जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

महासंघले यस निर्णयलाई संगठन सुदृढीकरण र आगामी योजनाहरू कार्यान्वयनमा महत्वपूर्ण कदमको रूपमा लिएको छ।