सिमरा रङ्गशाला परिसरमा निर्माणाधीन ब्याडमिन्टन हलमा अनियमितताकाे आरोप

सिमरा रङ्गशाला परिसरमा निर्माणाधीन ब्याडमिन्टन हलमा अनियमितताकाे आरोप

स्पर्श खबर जितपुर बारा मंसिर ६ गते:

सिमरा रङ्गशाला परिसरभित्र निर्माण भइरहेको ब्याडमिन्टन हलको काममा प्राविधिक अनियमितता देखिएको भन्दै स्थानीयस्तरमा प्रश्न उठेको छ। निर्माण कार्य एबी सनबी डायमन्ड कम्पनीले गरिरहेको भए पनि काम गर्ने तरिका र गुणस्तरबारे शंका लागेको स्थानीयको भनाइ छ।

हल निर्माणका क्रममा प्रयोग गरिएको संरचनात्मक मोटाइ नियमअनुसार नभएको जनाइएको छ। ‘सम्बन्धित मापदण्डअनुसार चारदेखि पाँच इन्च मात्र हुनुपर्ने भए पनि नापजाँच गर्दा पाँचदेखि सात इन्चसम्म फरक देखियो,’ एक निरीक्षणमा संलग्न स्रोतले जनाएको छ। यद्यपि फरक देखिए पनि सम्बन्धित निकाय मौन बसिरहेको आरोप छ।

सञ्चालक पक्ष भने अनियमितताको आरोप अस्वीकार गर्दै सबै काम नियमअनुसार भइरहेको दाबी गर्दछ। ‘सबै मापदण्ड पालन गरेर काम भइरहेको छ,’ ठेकेदार पक्षले प्रतिक्रिया जनाएको छ।

स्थानीयवासीले सार्वजनिक निर्माणमा यस्ता त्रुटि दोहोरिन नदिन छानबिन र निगरानी कडा बनाउन माग गरेका छन्।