जितपुर सिमरा-८ इमली पर्तीमा आम जनता पार्टीको बैठक सम्पन्न
स्पर्श खबर जितपुर बारा मंसिर ६ गते
जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित इमली पर्तीमा आम जनता पार्टी (आजपा) ले बैठक सम्पन्न गरेको छ। बैठकमा हालै जेनजी युवामाथि भएको हातपात र जेनजीको हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गर्न सरकारलाई दवाव दिनुपर्ने निष्कर्ष निकालिएको छ। साथै बिजुली–पानी निशुल्क, कर फ्री लगायतका जनमुखी मागहरू पूरा गराउन जनदबाब सिर्जना गर्ने निर्णय बैठकमा गरिएको छ।
बैठकले गोपाल साहलाई अध्यक्ष, बलीराम पसवानलाई उपाध्यक्ष, राधे रायभरलाई सचिव, रामसुन्द्र पसवानलाई कोषाध्यक्ष, राजेश पसवान सहित २१ सदस्यीय टोल कमिटी गठन गरेको छ।
कार्यक्रम कारी रायभरको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा आजपा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, बारा अध्यक्ष राजकिशोर साह, केन्द्रिय सदस्य अरुण चौधरी, जितपुर सिमरा नगर अध्यक्ष बिनोद पसवान लगायत नेताको विशेष उपस्थिति रहेको थियो।


