जेन्जी बारा अध्यक्ष उपाध्याय : “सुदन गुरुङको टिम सिमरामा आएपछि मात्र वार्ता”
स्पर्श खबर जितपुर बारा मंसिर ५ गते:
जेन्जी बारा अध्यक्ष सम्राट उपाध्यायले वार्ताका लागि प्रमुख शर्त अघि सारेका छन्। उपाध्यायका अनुसार सुदन गुरुङ नेतृत्वको टिम सिमरामा आइपुगेर परिस्थितिको प्रत्यक्ष मूल्यांकन नगरेसम्म उनीहरू वार्तामा बस्ने छैनन्।
उनी भन्छन्, “सुदन गुरुङको टिम सिमरामा आइसकेपछि मात्र हामी वार्तामा बस्छौँ। अहिलेको अवस्थाबारे केन्द्रले आफैँ हेरेर निर्णय गर्नु आवश्यक छ।”
हाल सिमरा क्षेत्रमा उत्पन्न भएको तनावपूर्ण अवस्थापछि सम्बन्धित निकायसँग संवादका प्रयास भइरहेका छन्। तर जेन्जी पक्षले घटनाको निष्पक्ष मूल्यांकन र जिम्मेवारीबहाक टोलीको उपस्थितिलाई प्राथमिकता दिएको जनाएको छ।
उपाध्यायका अनुसार संगठन आफ्नो माग र आन्दोलनबारे स्पष्ट छ र समाधानका लागि गम्भीर वार्ता हुनुपर्ने आवश्यकता रहेको छ।


