सिमरा खानेपानी उपभोक्ता समिति निर्वाचन :चस्मा चिन्हका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना घर–दैलोमा सक्रिय

सिमरा खानेपानी उपभोक्ता समिति निर्वाचन :
चस्मा चिन्हका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना घर–दैलोमा सक्रिय

स्पर्श खबर जितपुर बारा मंसिर २ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थि रहेको सिमरा खानेपानी उपभोक्ता समितिको मंसिर ६ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै चस्मा चिन्हबाट उम्मेदवारी दिएका पूर्णचन्द्र तिमिल्सिना अहिले घर–दैलो अभियानमा अत्यन्तै व्यस्त रहेका छन्।

वडा–वडामा उपभोक्तासँग भेटघाट गर्दै समर्थन जुटाइरहेका तिमिल्सिनाले आम उपभोक्ताहरूले आफू प्रति देखाएको विश्वास र उत्साहका कारण आगामी निर्वाचनमा आफ्नो जितको सम्भावना प्रबल रहेको बताए।

घर–घर पुगेर उपभोक्ताको समस्या बुझ्ने र समाधानमा प्रतिबद्ध रहने आश्वासन दिँदै तिमिल्सिनाले भने, “उपभोक्ता समितिको सम्पूर्ण टोली जोडतोडले लागेको छ। जनताको साथ र भरोसा जसरी बढिरहेको छ, हामी विजयी हुनेमा पूर्ण विश्वस्त छौँ।”

आगामी कार्यकालमा पारदर्शी व्यवस्थापन, सेवा–सुविधाको विस्तार र उपभोक्तामैत्री प्रणाली लागू गर्ने आफ्नो एजेन्डा रहने तिमिल्सिनाले बताए।

सिम्रा खानेपानी उपभोक्ता समितिको चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा चलेकै बीच तिमिल्सिना पक्षको गतिविधि थप तीव्र बन्दै गएको देखिन्छ।