बिनोद सहनीको अध्यक्षतामा जितपुरसिमरामा आजपाको ७५ सदस्यीय नगरकमिटी गठन
स्पर्श खबर जितपुर बारा मंसिर २ गते :
आम जनता पार्टी (आजपा)को जितपुरसिमरा उपमहानगर कमिटी गठन भएको छ । बिनोद सहनीको अध्यक्षतामा ७५ सदस्य उपमहानगर कमिटी गठन भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकास्थित रहेको इच्छा होटेलमा सम्पन्न नगर भेलाले सहनीको अध्यक्षतामा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा बिनोद तामाङ, रुसल कार्की, सचिवमा श्याम साह, सहसचिवमा धरुप कुशवाहा र कोषाध्यक्षमा सिमा बस्याल रहेका छन् ।
आजपा मधेस प्रदेश कमिटी अध्यक्ष उमेश कुशवाहाले आज जारी गरेको बिज्ञप्तीमा सदस्यहरुमा दिपेन लामा, गोपाल गिरी, रामदर कुशवाहा, विशप्रसाद कुशवाहा, राजेश चौधरी, बिर्जु कुशवाहा, अनिल कुशवाहा, बैजनाथ कुशवाहा, हिरालाल साह, रामु कुशवाहा, सस्वती क्षेत्रि, कल्पना लामा, दर्सन माझी, लोक तामाङ, पाहुन हजरा, भोला दास, सोनालाल पासवान, सिकेन्द्र कुशवाहा, श्रीराम साह, राजदेव पासवान, सनि गुप्ता, रोहित गुप्ता, मोहन यादव, बिशाल गुप्ता, नरेश चौरसिया, राहुल यादव लगायतका रहेका छन् ।
‘देशको अवस्था बदल्न, व्यवस्था बदलौं ! जेन जी आन्दोलनलाई संस्थागत गरौं !!’ भन्ने मुल नाराका साथ आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले वडा कमिटी यथाशिघ्र गठन गर्ने निर्णय समेत गरेको छ ।


