खैरो ब्राउन सुगरसहित दुई महिला प्रहरी नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते:

खैरो ब्राउन सुगरसहित दुई महिला प्रहरी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक दिपक कुमार बस्तेनको कमाण्डमा तथा लागुऔषध नियंत्रण ब्यूरो शाखा कार्यालय वीरगंजको टोली सम्लग्न रहेको थियो।

मिति २०८२ कार्तिक २९ गते दिउँसो करिब ३:४० बजे जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ५, लक्कापुरस्थित पथलैयातर्फ पैदल आउँदै गरेको अवस्थामा शंकास्पद देखिएकाले रोकिएकी दुई महिलाको शरीर तथा साथमा रहेको सामग्री जाँच गर्ने क्रममा एक जनाको साथबाट ७ पुरिया बराबरको खैरो ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

प पक्राउ परेकाहरूः
१. सुसिला देवी (अन्दाजी ३५ वर्ष), श्रीमान् प्रभु मुखिया, स्थायी ठेगाना – पर्सा, पटेर्वा सुगौली गाउँपालिका–६
– उनका साथबाट ४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद।

२. पुजा देवी (अन्दाजी ३० वर्ष), श्रीमान् अजय मुखिया, स्थायी ठेगाना – पर्सा, पोखरिया नगरपालिका–७
– सो कार्यमा संलग्नको रूपमा नियन्त्रणमा।

बरामद गरिएको लागूऔषध तथा दुवै महिलालाई necessary कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरीले जनाएको छ।