जितपुरमा नेकपा एमाले फर्किएका किशान श्रेष्ठ स्वागत पटाखा फोडी खुसीयाली
स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते :
जिल्ला बारा क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठ आफ्नो पुरानो दल नेकपा एमालेमा फर्किएपछि जितपुरमा नेता तथा कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका छन्।
श्रेष्ठ एमालेमा पुनः सक्रिय भएपछि जितपुरका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूले पटाखा फोडेर खुसीयाली व्यक्त गरेका हुन्। उनी फर्किएको खबर सार्वजनिक हुँदै गर्दा जितपुर क्षेत्रभर उत्साह छाएको स्थानीय सुनिल साहले बताएका छन्।
नेता तथा कार्यकर्ताले भने, “किशान फर्किनु हाम्रो राजनीतिक यात्राका लागि धेरै सकारात्मक ऊर्जा हो। उनीसँगै संगठन अझ सबल बन्ने विश्वास गरेका छौँ।”
श्रेष्ठको सक्रियताले बारा क्षेत्र नं. ४ मा एमाले संगठनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।


