स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते:
मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु पर्ने : अध्यक्ष उमेश कुशवाहा
मधेश प्रदेशसभामा आज देखिएको राजनीतिक खेलप्रति जनता निकै निराश भएको बताएका छन्। आजपा मधेश प्रदेश कमिटिका अध्यक्ष उमेश कुशवाहाले भने, “आजको मधेश प्रदेशसभाको खेलले जनतामा आक्रोश र निराशा बढाएको छ। अब ढिलो नगरी मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु आवश्यक छ।”
उनका अनुसार प्रदेशसभामा निरन्तर सत्ताको खेल भइरहेका कारण विकास, सुशासन र जनताको समस्या समाधानको मुद्दा पछाडि परेको छ। कुशवाहाले मधेशका जनताको भावना अनुसार नयाँ नेतृत्व र दिशा आवश्यक रहेको पनि बताएका छन्।


