बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न

बदलिँदो राजनीतिक परिवेशमा श्रमिकसँग संवाद कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते। बदलिँदो राजनीतिक परिवेशमा श्रमिकको भूमिका र अधिकार सुदृढीकरणका विषयमा केन्द्रित “श्रमिकसँग संवाद कार्यक्रम” आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरामा सम्पन्न भएको छ।

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटीका अध्यक्ष क. विनोद श्रेष्ठ, सचिव क. हरि कार्की र सदस्य क. गीता भण्डारीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका केन्द्र तथा प्रदेश तहका श्रमिक नेताहरूको उल्लेखनीय सहभागिता रहेको जिफन्ट मधेश प्रदेश सचिव मुक्ति चौधरीले जानकारी दिनुभयो।

संवाद कार्यक्रमको अध्यक्षता जिफन्ट मधेश प्रदेश अध्यक्ष क. कमलेश झाले गर्नुभयो। उहाँले बदलिँदो राजनीतिक परिस्थितिमा श्रमिक वर्गको एकता, सचेतना र सशक्त प्रतिनिधित्व अपरिहार्य रहेको बताउँदै जिफन्टले श्रमिक हकहितका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले श्रमिक अधिकार, न्यूनतम पारिश्रमिक, श्रम कानुन कार्यान्वयन र संगठन सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रम अन्त्यमा उपस्थित श्रमिक नेताहरूले संयुक्त रूपमा आगामी दिनमा श्रमिक वर्गको सशक्त संगठन निर्माण र अधिकारका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए।