सिमराबाट मकवानपुरतर्फ प्रस्थान – नव जनजागृति युवा क्लबका खेलाडीलाई भव्य बिदाई
स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते । मकवानपुरमा आयोजना भईरहेको प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा सहभागी हुन जाने क्रममा नव जनजागृति युवा क्लब, सिमराका खेलाडीहरूलाई आज एक समारोहका बीच बिदाई गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले खेलाडीहरूलाई शुभकामना दिँदै शुभयात्राको बिदाई गर्नुभयो। उहाँले खेलाडीहरूलाई अनुशासन, आत्मबल र सामूहिकताका साथ उत्कृष्ट प्रदर्शन गरेर प्रदेश र जिल्लाको प्रतिष्ठा बढाउने आग्रह गर्नुभयो।
सो अवसरमा स्थानीय खेलकर्मी, क्लबका पदाधिकारी, समाजसेवी तथा शुभेच्छुकहरू उपस्थित थिए। क्लबका प्रशिक्षकले टोली तयारीका बारेमा जानकारी दिंदै टोली उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी हुन तयार रहेको बताउनुभयो।


