बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहण

बारा जिल्ला खेलकुद विकास समितिमा लामाको पदभार ग्रहण
स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:
बारा जिल्ला खेलकुद विकास समिति कार्यालयका नवनियुक्त अध्यक्ष श्री दिलबहादुर लामा ज्युले आज एक विशेष कार्यक्रमबीच बिधिवत रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण समारोहमा जिल्ला स्तरका विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक, खेलाडी हरुकाे उपस्थिती रहेको थियो।
नेपाल सितोरियो सोबुकान कराते मधेश प्रदेश समितिको तर्फबाट अध्यक्ष लामा प्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। समितिका प्रतिनिधिहरूले उहाँको नेतृत्वमा जिल्लाको खेलकुद क्षेत्रमा नयाँ जोश, उत्साह र विकासको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष लामाले खेलकुदलाई जिल्लाको गौरव र सामाजिक एकताको माध्यमका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूको क्षमता अभिवृद्धि, खेल पूर्वाधार निर्माण र पारदर्शी व्यवस्थापनमा विशेष ध्यान दिने बताउनुभयो।
समारोहमा बारा जिल्लाका विभिन्न खेल क्षेत्रका प्रमुखहरू उपस्थित रहेका थिए।