जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरू, जनतालाइ नै सास्ती दिन खोजे : युवा नेता दुबे

स्पर्श खबर जितपुर बारा असोज २५ गते

तीन तहकै निर्वाचनमा जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरूले नै जनतालाइ सास्ती दिन खोजेको आरोप युवा नेता दुबेको रहेको छ । फेटा गाउँपालिकाको सात वटै वडाका स्थानीय सर्वसाधारण जनताहरूलाई जनप्रतिनिधिहरूले सास्ती दिन खोजेको आरोप युवा नेता उमेश दुबेले लगाएका हुन ।

पत्रकारिता क्षेत्रमा दुई दशक भन्दा बढी योगदान पुर्याएका र हाल फेटा गाउपालिकाबाट मिसन मेयर २०८४ को तयारी गरिरहेका युवा नेता उमेश दुबेले नेताहरूलाइ मात्र दोष देखाएर अगाडी नबढी जनता आफै मुल्यांकन गरि आउने निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । उहाले जनताको एकाधिकार मतबाट निर्वाचित हुने जनप्रतिनिधिहरू जनतालाइ नै सास्ती दिएको आरोप लगाउदै फेटा गाउपालिकाको अधिकान्स युवाहरू दुखेसो पोख्न थालिएको बताए । स्थानीय तह गठन भएको करिब ९ बर्ष बित्न लाग्दा समेत स्थानीय तहमा कुनै किसिमको सुधार, कुनै किसिमको बिकासको कार्य, कुनै किसिमको जनतामा हुने प्रगतिको कार्य नदेखिएको, उनले बताए ।

फेटा गाउपालिकाको वडा नम्बर १ देखि ७ नम्बर वडासम्म शिक्षा, स्वास्थय लगायतमा कुनै किसिमको सुधार हुन नसकेको युवा नेता उमेश दुबेले बताउनु भयो । उनका अनुसार ९ बर्षमा शिक्षा, स्वास्थय सङ्गै कृषि क्षेत्रमा सुधार भइसक्नु पर्ने र सडक नालाको निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने हो, तर त्यस्तो कुनै किसिमको कार्य हुन नसकेको बताए । शिक्षामा सुधारको कुरा त परै जाओस, हालसम्म सातवटै वडाका बिधालयहरूमा ब्यवस्थापन समिती समेत नियम सम्वत बनाउन नसकिएको आरोप दुबेको छ ।

त्यति मात्र नभइ सुधार गर्नेतर्फ अवाज उठाउने युवाहरू माथी विभिन्न आरोप लगाउदै, कुर्सी र पावरको दम्भमा मुद्दा दर्ता गराउन खोजिएको, उनले बताए । स्थानीय जनप्रतिनिधिहरूलाइ सुरक्षा दिन प्रहरी तत्पर भएको मौकाको फाइदा उठाउदै पटक पटक आफ्नै जनता माथी मुद्दा दर्ता गराउने प्रयास गरिएको समेत दुबेले प्रस्टयाए । उहाले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तमाङ्गलाई अवगत गराउदै फेटा गाउपालिकाको कुनैपनी मुद्दामा राम्ररी जाँच बुझ गरि मात्र मुद्दा दर्ता प्रक्रिया अगाडी बढाउन अनुरोध गरिएको बताए ।

यता बि.स. २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित मेयरहरू जनता अनुसार काम गर्न नसकेकै कारण जनता परिवर्तन चाहेको बताएका छन । केही युवाहरू अबको पालो नया नेतृत्व युवालाइ नै रोज्ने बताएका छन । जनताको हरेक सुख दुखमा सहभागी मात्र नभइ गरिब जनताको कान्धमा कान्ध मिलाइ हिडने फेटा गाउपालिकाको शान मानिने युवा नेता उमेश दुबेलाई नै रोजने बताएका छन । अब चोर फटहा नेताहरूको दिन समाप्त भएको बताउदै हरेक वडा, हरेक घरबाट अवाज दुबेकै उठने गरेको बताए । फेटा गाउपालिका मिसन मेयर २०८४ अन्तर्गत हामी युवाहरू मात्र नभइ वृद्ध, महिलाहरूपनी दुबेकै पक्षमा उभिने तयारी भएको स्थानीयहरू बताउछन