स्पर्श खबर जितपुर बारा असाेज ६ गते :
मानवसेवा आश्रम बिरगंज शाखाले पर्सा जिल्ला, बिरगंज महानगरपालिका वार्ड न. १४ चिनिमिल अवसक्षेत्र पर्यटन बिकाश कार्यालयको अगाडी बाट एक जना आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३५ की पुरुषलाइ दिउसो २. ४५ बजे उद्दार गरि आश्रममा ल्याईएको छ !!
उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू,मानवसेवा आश्रमका अभिभावक-सामाजिक अभियन्ता प्रकाश थारुज्यू, आश्रमका अभिभावक परिवारको संयोजक साथै बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतम ज्यु, आश्रमको केन्द्रिय सदस्य बिबेक महतो ज्यु, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लाल बाबु प्रसाद कुशवाहा ज्यु र आश्रमका स्वयंसेवकहरु दिपान्सु पटेल, सरोज बि.क र दिपेन्द्र चौधरी ज्यु को उपस्थिति रहेको थियो !!
आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ धुहाई पछि डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचार हुनेछ ।


