विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा

विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा
स्पर्श खबर जितपुर असाेज ५ गते

विजया दशमी पर्वका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जितपुरसिमराकाे ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैंलाई भव्य बनाउन जुटेका छन् । प्रमुख शक्तिपीठ केराढाेक मन्दिरसहित एक दर्जन भन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दशैंमा पूजाअर्चना गर्ने गर्न तयारी अन्तिम चरणमा रहेको हाे।
जितपुरकाे दुर्गा मन्दिर परिसरभित्र रहेको मन्दिरसहित अन्य स्थानमा पूजास्थलहरुमा आकर्षक पण्डाल र रंगीचंगी बल्व जडान गरिएको छ । सजावटको कार्य अन्तिम चरणमा रहेको र पूजाकालागि समेत तयारी पूरा गरिसकिएको दुर्गा पुजा समितिका अध्यक्ष सताेष साहले बताउनुभयाे ।