वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण

वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण

मनाेज शाह जितपुर बारा असोज १ गते ।
गुडविल सोसाइटीले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी तथा उनीहरूको कुरुवालाई खाना वितरण गरेको छ। संस्थाले करिब २०० जनालाई भोजन उपलब्ध गराएको हो।

अध्यक्ष आर्वाज अन्सारीको नेतृत्वमा गरिएको उक्त कार्यक्रममा स्वयंसेवकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। हालैको ‘जेनजी’ आन्दोलनका कारण उत्पन्न अवस्थाले अस्पतालमा बिरामी र कुरुवालाई कठिनाइ भएपछि सहयोगस्वरूप खाना वितरण गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष अन्सारीका अनुसार समाजमा देखिएका चुनौतीपूर्ण परिस्थितिमा परोपकारी कार्यमार्फत सहयोग पुर्‍याउनु गुडविल सोसाइटीको मूल उद्देश्य रहेको बताए।
कार्यक्रमले अस्पतालमा रहेका बिरामी तथा उनीहरूको परिवारलाई सहजता पुगेको बताइएको छ।