गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन
स्पर्श खबर जितपुर बारा असाेज १ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा गढीमाई मेला समिति सर्वसम्मत निर्णयमार्फत चयन गरिएको छ। समितिको अध्यक्षमा राजदेव पासवान निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष पासवानको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। समितिको सचिवमा सत्येन्द्र चौधरी, कोषाध्यक्षमा राजेन्द्र राम रहेका छन्। त्यस्तै सदस्यहरूमा शंकर पासवान, रामवरण चौधरी, कदरी माझी, राजकुमार साह, मुनिलाल पासवान लगायत रहेका छन्।
समितिको अनुसार यस वर्ष पनि परम्परागत शैलीमा धुमधामका साथ गढीमाई मेला आयोजना गरिनेछ। मेला असाेज ६ गतेदेखि सुरु हुने र बलिप्रथा असाेज १५ गते बिहानदेखि हुने जानकारी अध्यक्ष पासवानले दिएका छन्। भक्तजनको भीडलाई व्यवस्थापन गर्न दरबार क्षेत्रका विभिन्न स्थानमा धर्मशाला तथा अन्य सुविधाको व्यवस्था मिलाइएको छ।
वडा अध्यक्ष मोतीलाल यादवका अनुसार प्रत्येक भक्तजनलाई सुरक्षित तरिकाले पूजा–अर्चना गरी फर्कन आग्रह गरिएको छ। यस वर्ष पनि देश–विदेशबाट ठूलो संख्यामा भक्तजन आगमन हुने अपेक्षा गरिएको समितिले जनाएको छ।


