अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलो निर्णय गरेकी छन्। यस्तै, आन्दोलनका क्रममा घाइते भएका सम्पुर्णको निःशुल्क उपचारको निर्णय गरिएको छ ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको मृत्यु भएको छ । त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
प्रधानमन्त्री कार्कीके आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा छिन्।


