निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक

oplus_0

निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक

स्पर्श खबर जितपुर बारा भदौ १६ गते। कलैयामा आज “इश्क जात धर्म ना देखेला” शीर्षकको भोजपुरी गीत सार्वजनिक गरिएको छ ।

बाराको कलैयास्थित करण राज होटलको सभा हलमा सोमबार आयोजित कार्यक्रममा गीतको अभिनेत्री निभा यादव र प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका–६ का वडा अध्यक्ष रामविश्वास ठाकुर लोहारले संयुक्तमा गीत सार्वजनिक गरेका हुन् ।

गीतमा आलोक कुमारको स्वर रहेको छ भने मुख्य अभिनेतामा टिकटकर निभा यादव र दिपेश शर्मा छन् ।

सोही कार्यक्रममा कलाकार निभा यादवले मेहनतको कदरस्वरूप रौनक नवीनलाई मोबाइल हस्तान्तरण गरेकी थिइन् भने सुटिङ अवधिभर सहयोग गर्ने पृथ्वी जैसवाललाई सम्मान गरिएको थियो ।
साथै गीतमा काम गर्ने सम्पूर्ण टिमलाई उनले प्रशंसापत्र प्रदान गरेकी थिइन् ।

सो कार्यक्रममा कलैया–४ का वडा अध्यक्ष रामेश्वर यादव, भोजपुरी कलाकार सुनिल पण्डितसहितका कलाकारहरूले शुभकामना मन्तव्य दिएका थिए ।

प्रमुख अतिथि ठाकुरले गीतको टिमलाई शुभकामना दिँदै आगामी दिनमा अझ उत्कृष्ट गितहरु बजारमा ल्याउन सुझाव दिए ।

उक्त कार्यक्रममा अरुण यादव, कलाकार दिपु दिवाना, मुखलाल प्रसाद, गजेन्द्र कुशवाहा, जयचन्द्र कुशवाहा, साजन कुमार, सीता यादव, रिता महतो, सिमरण गुप्ता लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नुर आलम बादशाहले गरेका थिए भने सञ्चालन सञ्चारकर्मी राधेश्याम पटेलले गरेका थिए ।