स्पर्श खबर जितपुुर बारा भदौ ७ गते:
नेपाल सितोरियो कराते संघ जीतपुरले बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै बिदाई गरेको छ।
संघका अध्यक्ष श्रीराम साह र प्रशिक्षक मनोज कुमार साहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्। उहाँको कार्य अवधिमा गरेका योगदानको उच्च मूल्यांकन गर्दै संघले सम्मान प्रदान गरेको जनाएको छ।
सम्मान ग्रहण गर्दै अधिकारीले यसप्रति कृतज्ञता व्यक्त गर्नु भयो। कार्यक्रममा बोल्दै उहाँले सितोरियो कराते आत्मरक्षाको खेल भएकाले यसको दुरुपयोग नगर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो। साथै, खेलाडीको अनुशासनलाई गहना भन्दै सहनशील र अनुशासित बन्न आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।


