पोखरा । गण्डकी बोर्डिङ स्कुलको होस्टेलका करिब ३ सय जना विद्यार्थी बिरामी परेका छन् । बिहीबार रातिको खानाका कारण उनीहरुमा फूड प्वाइजन भएको आंशका छ ।
खाना खाएको केही समयपछि अधिकांश विद्यार्थीमा झाडावान्ता, पखाला हुने, टाउको दुख्ने, पेट दुख्ने लक्षण देखा परेको थियो । उनीहरुलाई प्राथमिक उपचारका लागि स्कुल परिसरकै हेल्थ सेन्टर लगिएको थियो ।
गएरातिदेखि शुक्रबार दिउँसोसम्म करिब ३ सय जना विद्यार्थीले प्राथमिक उपचार गरेको हेल्थ सेन्टरकी स्वास्थ्यकर्मी दुर्गा तिमिल्सिनाले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीलाई तत्काल जीवनजल, पखाला रोक्ने औषधी, ग्याष्ट्रिकको औषधी चलाइएको छ ।
विद्यालयका भाइस प्रिन्सिपल कृष्णबहादुर थापाले खानाकै कारण यस्तो भएको आशंका व्यक्त गरे ।
‘म यहाँ कार्यरत् रहेको ३० वर्षजति भयो । अहिलेसम्म यस्तो ठूलो मासमा घटना भएको जानिएको थिएन,’ उनले भने, ‘अहिले बिरामी परेकामा त्यस्तो गम्भीर समस्या छैन । अधिकांश निको भइसकेका छन् ।’
उनले खानाको गुणस्तर’bout जाँचका लागि पोखरास्थित खाद्य तथा गुणस्तर मापन केन्द्रमा पत्राचार गरिएको बताए । विद्यार्थी खास के कारणले बिरामी भएका हुन् भन्ने यकिन नभएको भन्दै उनले यस’bout छलफलमा बसेको बताए ।
विद्यार्थीले गएराति कुखुराको मासु खाएका थिए । मासु खाएकाहरु बिरामी परेका छन् ।
पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङमा हाल करिब १२ सय जना विद्यार्थी पढ्छन् । तीमध्ये ५ सय ५० जना होस्टेल बस्छन् ।
होस्टेल आवासीयरुपमा बस्दै आएका आफ्ना बाबुनानी एक्कासि बिरामी परेको खबरले अधिकांश अभिभावकले बच्चा घर लिएर गएका छन् । यहाँ केटा र केटीका लागि १० वटा होस्टेलमा छन् ।
धौलागिरि होस्टेलका शिक्षक दीपकराज पौडेलले विद्यार्थीहरु बिरामी परेपछि शुक्रबार होस्टेलका अधिकांशलाई कक्षाकोठामा नपठाई राखिएको बताए । धौलागिरीमा मात्रै ४५ जना विद्यार्थी छन् ।
क्यान्टिनका हेड कुक ख्यामनारायण ढकालले विद्यार्थीले उक्त दिन प्रोटिन बढी खाएकोले यस्तो भएको हुन सक्ने आशंका गरे । बिहीबार गेडागुडीदेखि समोसा भुजासहितको खाजासमेत व्यबस्था थियो । राति कुखुराको मासु तथा पनीरसमेत व्यवस्था गरिएको उनले बताए ।
गुठीअन्तर्गत संचालित गण्डकी बोर्डिङले चालु शैक्षिक सत्रदेखि विद्यार्थीलाई २५ प्रतिशतसम्म शुल्क बढाएको थियो । शुल्क बढेको’bout अभिभावकले चर्को विरोध गरेकामा स्कुल प्रशासनले खानाको गुणस्तर बढाउने, शिक्षकको तलब वृद्धि गर्ने, भौतिक पूर्वाधार लगायतमा खर्चिने दाबी गरे पनि त्यस्तो नपाइएको भन्दै अभिभावकले आलोचना गरेका छन् । अभिभावकले तत्काल छानबिन समिति गठन गरी सत्यतथ्य छानबिनको माग गरेका छन् ।सभार राजधानी दैनिक ।


