एसपी सिलवालद्वारा दुर्गा भगवती मन्दिरको समुद्घाटन

एसपी सिलवालद्वारा दुर्गा भगवती मन्दिरको समुद्घाटन

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको परिसरमा निर्मित दुर्गा भगवती मन्दिरको समुद्द्घाटन तथा प्राण प्रतिष्ठाको कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिबाट मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा गर्न सहयोग गर्ने व्यक्तिहरुलाई प्रशंसा-पत्र समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल हरिवन बेसका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक एक राज बुर्लाकोटी , इलाका प्रहरी कार्यालय, लालबन्दी, हरिवन र हरिपुरका प्रमुख प्रहरी निरीक्षकहरु स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न राजनीतिक दलका व्यक्तिहरु, व्यवसायी, भद्र भलादमी लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।