अखिल नेपाल महिला संघ क्रान्तिकारी दोस्रो बारा सम्मेलन धनमाया लामा घलान अध्यक्षमा सर्वसम्मत चयन

स्पर्श खबर जितपुर बारा साउन २८ गते:

अनेम संघ (क्रान्तिकारी) बारा जिल्लाको दोस्रो जिल्ला भेला सर्वसम्मत निर्णयसहित सम्पन्न भएको छ। भेलाबाट क. धनमाया लामा घलानलाई संयोजक, मिना सिंहलाई सह–संयोजक र पार्वती फौजदारलाई सचिवको जिम्मेवारी दिँदै ८५ सदस्यीय जिल्ला समिति चयन गरिएको छ।

कार्यक्रम बाराको कलैया स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा अनेम संघ (क्रान्तिकारी) बारा जिल्ला अध्यक्ष शोभा कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ प्रमुख आतिथ्यका रूपमा उपस्थित थिए।

भेलामा प्रदेश सदस्य प्रभु यादव, रबिराज डङ्गाल, कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, मधेसी मुक्ति मोर्चा जिल्ला अध्यक्ष उमेश यादव, जितपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य रामबाबु मेहता, सेन्टर मधेस प्रदेशका सह–सचिव रन्जित पाण्डे , प्रदेश सदस्य महेन्द्र सहनी लगायतको उपस्थिति थियो।