४१ डीएसपीकाे सरूवा

स्पर्श खबर जितपुर बारा साउन २७ गते:नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरिएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् । ओम प्रकाश खनाललाई जिल्ला प्रहरी कार्यालय अछाममा सरूवा गरिएको छ ।कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी,काठमडौँमा सरूवा गरिएको छ ।त्यस्तै खगेन्द्र धमलालाई जिल्ला प्रहरी कार्यालय बझाङमा सरूवा गरिएको छ ।डा.हेम बहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा सरूवा गरिएको छ ।