स्पर्श खबर जितपुर बारा साउन २६ गते:
नेकपा एकीकृत समाजवादीको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० का वडा कमिटी अध्यक्षसहित १४ जना सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन्।
सिमरामा आयोजित कार्यक्रममा वडा कमिटी अध्यक्ष टईट महतो, सचिव जोगी हजरा, नगर कमिटी सदस्य लालबाबु पाण्डेसहित वडा कमिटीका मदन दास, मनोज यादव, मोइत महतो, श्यामबिहारी महतो, वीरेन्द्र महतो, बिजयमल ठाकुर, रामानन्द हजरा, राजवंशी हजरा, जंगबहादुर साह, रमेश महतो र मदन महतो एमालेमा प्रवेश गरेका हुन्।
उनीहरूलाई एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साह, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य देवनारायण चौधरी, नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतले पार्टीमा स्वागत गरेका थिए।
नगर अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य किशोर शर्मा, कमलेश झा, एमाले बाराका सचिव अमृत शर्मा बजगाईं, नेता कृष्ण खनाल, जीतपुरसिमरा–१६ का वडाध्यक्ष हरिदेव खरेल, नगर उपाध्यक्ष कैमुदिन अंसारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव रवीन्द्रराज भण्डारीले गरेका थिए।


