स्पर्श खबर जितपुर बारा असार १० गते :
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा गत जेठ १८ गते एकजना युवक मृत अवस्थामा भेटिएका थिए । आदर्श क्रसर उद्योगमा त्यहीँका स्थानीय बीस वर्षीय युवा अजय मण्डलको शव शङ्कास्पद अवस्थामा भेटिएको थियो । उक्त घट्नाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राख्दै स्थानीय बासीले घट्ना घटेकै दिनदेखि आवाज उठाउँदै आएका थिए । स्थानीय र पीडित पक्षले न्याय पाउनुपर्ने कुरामा जोड दिँदै प्रहरी प्रशासनसमक्ष पटकपटक हारगुहार गरेपछि घटनाको निष्पक्ष अनुसन्धानका क्रममा पर्सा जिल्लाका एसपी गौतम मिश्राले आदर्श क्रसर उद्योगका दुईजना कर्मचारीहरुलाई हिरासतमा लिएका छन् । प्रहरीद्वारा पक्राउ पर्नेमा आदर्श क्रसर उद्योगमा कार्यरत गोपी महतो र राजु महतो रहेका छन् । उक्त क्रसर उद्योगका सञ्चालकहरु भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।


