स्पर्श खबर असार ९ गते:
जीतपुरसिमरा उपमहानगरपालिकाको १२ औं नगरसभा असार ९ गते सिमरामा सुरु भए लगत्तै स्थगित गरिएको छ । नगरप्रमुख राजन पौडेलले बैठक सुरु भएको चार मिनेटमैं कार्यसूचीमा समावेश गरिएका नीति तथा कार्यक्रम,बजेट तथा विधेयकहरू कार्यपालिकाबाट स्वीकृत नभएको भन्दै नगरसभा स्थगित भएको घोषणा गरेका थिए ।
उक्त नगरसभाको कार्यसूचीमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम, बजेट, विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्ने लगायतका प्रस्ताव समावेश गरिएको थियो । तर असार ८ गते बसेको ४१ औं कार्यपालिका बैठकमा कुनैंपनि बिषयमा सहमति जुट्न सकेको थिएन ।
उपमेयर भोला प्रसाद अधिकारी,वडाअध्यक्षहरु सहितका १८ जना जनप्रतिनिधीहरुले ४१ औं बैंठकको एजेन्डमा कुनैंपनि सहमती नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृत शान्ती राज प्रसाईलाई हस्ताक्षर सहितको असहमती पत्र बुझाइएको थियो । सहमति नजुटेका कारण देखाउँदै नगरप्रमुख राजन पौडेलले १२ औं नगरसभाको पहिलो बैंठक स्थगित भएको घोषणा गर्दै दोस्रो बैठक यहि असार १८ गतेका लागि आह्वान गरेका छन् ।
बैंठक स्थगित भए लगत्तै कार्यपालिका सदस्यहरुले मेयर,उपमेयरको बिरोद्ध गरेका थिए । आफुहरुलाई बोलाएर बैंठक सम्पन्न नगरी स्थगित गरेर हाम्रो समय बर्बाद गर्ने,नगरको पैसा अनावश्यक खर्च गर्ने,हामी घरमा भात खान नपाएर ४ करोडको भात खान आएको हो भन्दै नाराबारी समेत गरेका थिए । बैठक चार मिनेटमै सकिएकोले यो घटनालाई जनप्रतिनिधीहरु बिचको असमझदारीको कमीको रुपमा हेरिएको छ ।


