बाराको सिमरामा डेंगुलगायत कीटजन्य रोगहरु नियन्त्रणसम्बन्धी सरोकारवालासँग अभिमुखी कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा जेठ १८ गते : बाराको सिमरामा डेंगु लगायत किटजन्य रोगहरूको नियन्त्रण सम्बन्धी सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको अन्तरगत जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम भएको हो । सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा उपमहानगरपालिका भित्रका मेडिकल व्यवसायी,पत्रकार,प्रहरी लगायतको सहभागिता रहेको थियो।

सो अवसरमा उपमहानगर जनस्वास्थ्य शाखा प्रमुख रविकुमार भाष्करले डेंगु लगायतका किटजन्य रोगहरूको विस्तार,जोखिम र नियन्त्रणका उपायबारे प्रमुख भाष्करले जानकारी गराएका थिए । अहिले डेंगु ज्वरो इडिस इजिप्टाई र इडिस अल्वोपिक्टस नामक पोथी लामखुट्टेले सार्ने फ्लेभीभाइरस समूहको रोग भएको बताईयो ।

कार्यक्रममा उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख शिवजी प्रसाद र पत्रकार प्रकाश लम्सालले पनि मन्तव्य राख्दै डेंगु नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले आफ्ना–आफ्ना क्षेत्रबाट जनचेतनामूलक कार्यक्रमलाई सशक्त बनाउँदै डेंगु नियन्त्रणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले बताएको छ ।