खस आर्य समाज जीतपुरसिमरा २ ले वडा नम्बर ७ मा रहेको रातो पुलमा राष्ट्रिय झण्डा राखेको छ । गणतन्त्र दिवसका अवसरमा वडा नम्बर २ को सहयोगमा समाजले जीतपुरमा राष्ट्रिय झण्डा राखेको हो ।विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको खस आर्य समाजले बिहिबार रातो पुलमा २१ वटा राष्ट्रिय झडा राखेको समाजका अध्यक्ष शरद पराजुलिले जानकारी दिनुभयो । उपमहानगरका दुई मुख्य बजार क्षेत्र जीतपुर र सिमरालाई जोड्ने सिमानाका रुपमा रहेको रातो पुलको आकर्षण बढाउने उद्देश्यले गणतन्त्र दिवसका अवसर पारेर झण्डा राखिएको समाजका सचिव राम कुमार अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रिय झण्डा राख्न वडा नम्बर २ को कार्यालयले ५० हजार रुपैया सहयोग गरेको थियो । वडा नम्बर २ को सहयोगमा राखिएको झण्डाको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य देव नारायण चौधरी, नगर प्रमुख राजन पौडेल, वडा नम्बर २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सचिब झलक भट्टराई, विरेन्द्र बास्कोटा लगायतको उपस्थिती रहेको थियो ।


