स्पर्श खबर जितपुर बारा जेठ १ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ सुरू भएको छ । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एंम नेपाल सरकारका पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णा कुमार श्रेष्ठ (किसान) ले गमलामा जल हालेर महोत्सवको उद्घाटक गर्नुभएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुलिन कुमार गुप्ताको सभाध्यक्षतामा भएको उद्घाटक कार्यक्रमको प्रमुख अतिथि संघिय सांसद किसान कुमार श्रेष्ठ रहनु भएको थियो ।
दि लिड ईन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को सह-आयोजनामा आजबाट सुरू भएको महोत्सव जेष्ठको २५ गते सम्म चल्नेछ । महोत्सवको मुख्य प्रायोजक एक्ट्रिम एनर्जी ड्रिंक रहेको छ ।
जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्न जीतपुरमा ७ वर्षपछि महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ
महोत्वसमा विभिन्न क्षेत्रका व्यवसायीक स्टल, बाल उद्यान, खेल र प्रदशनी सहित महोत्सव अवधिभर दिनहु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती समेत रहेको आयोजक दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङका संचालक बिमल खड्किले बताउनु भयो ।


