स्पर्श खबर जितपुर बारा बैशाख १३ गते:
मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनकाे क्रममा रिपोर्टिङ गर्न पुगेका साझेदारी राष्ट्रिय दैनिकका संवाददाता संदिप प्रसाद यादवलाई योगशिला हस्पिटल प्रा.लि का संचालक पवन गुप्ताले गोलि हान्ने धम्की दिएका छन् ।
बारा जिल्लाकाे कलैया उपमहानगरपालिका वडा ६ हस्पिटल रोडमा संचालित योगशिला हस्पिटलमा मुख्यमन्त्री सिंहले शनिबार अनुगमन तथा छडके गर्ने क्रममा रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवलाई संचालक गुप्ताले गोलि मार्ने धम्की दिएका हुन् ।
पत्रकार यादवले सडकबाट उक्त हस्पिटलको फोटो खिच्ने क्रममा संचालक गुप्ता र डाक्टर सुमन प्रसाद साहले उनको मोबाइल नियन्त्रणमा लिदै उक्त फोटो डिलेट गराउन लगाउदै प्रेस कार्ड खोसी त पत्रकार होइन,तलाई पत्रकारको प शब्द थाहा छैन भन्दै तलाई गोलि हाली दिन्छु भनेका छन् ।
मोटरसाइकलमा बसेका पत्रकार यादवलाई उनिहरुले हस्पिटलको प्राङ्गणमा घेरेर राखी सर्वसाधारणको अगाडि विभिन्न असलील शब्द पनि प्रयोग गर्दै गालीगलैंच गरेका थिए ।
हस्पिटलका डाक्टर सुमन प्रसाद साह समेत पत्रकार यादवलाई दुव्र्यवहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त हस्पिटलका संचालक गुप्तालाई नियन्त्रणमा लिएको छ । भने डाक्टर सुमन प्रसाद गुप्ता फरार रहेका छन् ।


