नेकपा एमालेले वडा अध्यक्ष गुप्तालाई तत्काल रिहा गर्न निकाल्यो प्रेस विज्ञप्ति

मनाेज शाह जितपुर बारा चैत ७ गते:

नेकपा एमाले, जितपुरसिमरा उपमहानगरपालिका नगर कमिटीले वडा नं. -०७ का वडा अध्यक्ष सुनिल कुमार गुप्तालाई तुरुन्त रिहा गर्न प्रेस विज्ञप्ति निकालेको छ।

उक्त विज्ञप्तिमा बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा २०८१।१२।०१ गते फागु पूर्णिमा ( होली पर्व) को दिन भएको घटनासंग जोडेर उक्त घटनासंग कुनै सम्बन्ध नभएका र घटना भएको थाहा पाएर जनप्रतिनिधिको हैसियतले झगडा साम्य पार्न पुगेका वडाध्यक्ष क. सुनिल गुप्तालाई छलफल गर्न भनि बोलाएर पक्राउ गरिएको भनिएको छ । नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्षलाई केही राजनीतिक दल र तिनका नेताहरुको पूर्वाग्रहका कारण डाँका, ज्यान मार्ने उद्योग र अपराधिक उपद्रव जस्ता बेप्रशंगका र सर्वथा झुठा मुद्धा लगाइएको र चार दिनदेखि अनावश्यक र अन्यायपूर्वक थुनामा राख्ने काम भएकोले नेकपा (एमाले) उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अन्यायपूर्वक थुनिएका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष क. सुनिल गुप्तालाई तुरुन्त रिहा गर्न माग गरेको छ। साथै कमिटीले उक्त दिन जीतपुरमा भएको घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन समेत जोडदार माग गरेको छ।